यूएईविरुद्ध बलिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यू

नेपाली राष्ट्रिय क्रिकेट टोलीले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेल सोमबार खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् ।
आजको खेलमा जित निकाल्दै नेपाल सिरिजमा सहज सुरुवात गर्ने योजनामा छ । यसअघि नेपालले यूएईसँग ६ एकदिवसीय खेल खेलेको छ । जसमा नेपालले दुई खेलमा जित निकालेको छ भने यूएईले चार खेलमा जित निकालेको छ ।
पाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । यो खेलमा नेपाल ७८ रनले पराजित भएको थियो । नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले यूएईलाई १४५ रनले हराउँदा सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित निकाल्न सफल भएको थियो
नेपालका लागि नयाँ कप्तान रोहित कुमार पौड्यलको पनि परीक्षणको रूपमा आजको खेल रहने छ । रोहितले पहिले पटक राष्ट्रिय टोलीका लागि आधिकारिक रूपमा कप्तानको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त