शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

परिजितालाई बालेनदेखि रविसम्मको शुभकामना

सोमबार, २८ कात्तिक २०७९, ०७ : ०६
सोमबार, २८ कात्तिक २०७९

अमेरिकी द भ्वाइसको २२ औ संस्करणमा सहभागी नेपाली मूलकी परिजिता बास्तोला अगाडि बढ्न सकून् भन्दै धमाधम शुभकामना सन्देशहरू निरन्तर प्राप्त भइरहेका छन् । यसै सिलसिलामा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र परिजिता बास्तोलाबीच कुराकानी भएको छ ।

बालेन स्वयम् कलाकार भएको नाताले यसैको सेरोफेरोमा कुराकानी भएको छ भने उनले जितका लागि शुभकामना दिएका छन् । बालेनले परिजितालाई प्रोत्साहन गर्नुको साथै विजयको नजिक रहेको समेत उल्लेख गरे । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नाममै जीतको कामना भएको बताउँदै सामाजिक सञ्जालमा शुभकामना दिएका छन् । यसै गरी चर्चित गायक दीपक बज्राचार्य लगायत थुप्रै शुभकामना सन्देश दिनुको साथै शुभकामना सन्देश आउने क्रम जारी छ । साथै वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि शुभकामना दिइसकेका छन् ।

परिजितालाई मत गर्ने तरिका

अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो इमेल प्रयोग गरी प्रोफाइल क्रियट गरेर १० पटक सम्म भोट गर्न सकिनेछ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा डिभाइसबाट १० पटक सम्म भोट गर्न सकिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप