रवि लामिछानेको प्रचारमा हिँडेको गाडी कसले फुटायो ?

चितवन–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेको प्रचारमा प्रयोग गरिएको गाडी आइतबार तोडफोड भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित मुग्लिङ सडक खण्डमा बा. १४ च ७६८४ नम्बरको गाडी तोडफोड भयो । गाडीमा लामिछाने थिएनन् तर, प्रचार टोलीसँगै उनी पनि जाँदै थिए ।
लेवाटारमा सत्ताधारी गठबन्धनको कार्यक्रम हुँदै थियो । कार्यक्रमबाट निस्केका एकजना युवाले लामिछानेको प्रचारमा हिँडेको गाडी रोकेर तोडफोड गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले घटनाबारे बुझेर जानकारी दिने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘गठबन्धनका कार्यकर्ताले भन्ने कुरा आएको छ, बुझेर खबर गर्छु ।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार गाडी फुटाउने गठबन्धनका एकजना कार्यकर्ताको पहिचान खुलेको छ । तर, प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन । मध्यान्ह गाडी तोडफोडबारे ‘बुझ्ने काम भइरहेको’ बताएका चितवनका एसपी नवराज अधिकारी सम्पर्कमा आउन चाहेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने चितवन–२ बाट चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै
-
किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल