शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक विकास र समृद्धिका लागि गठबन्धन : वरिष्ठ नेता पौडेल

आइतबार, २७ कात्तिक २०७९, २० : ४२
आइतबार, २७ कात्तिक २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–९ मा आइतबार आयोजित कार्यकर्ता भेटघाटमा उनले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे । 

जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पारे । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए । उनले भने, “अधुरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु ।” 

सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पारे । गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप