इस्तानबुलको व्यस्त बजारमा विस्फोट, १ जनाको मृत्यु, कयौं घाइते
मध्य इस्तानबुलको व्यस्त क्षेत्रमा भएको विस्फोटमा कैयौं व्यक्ति घाइते भएको र एकको मृत्यु भएको टर्किस सरकारी मिडिया टीआरटी–वल्डको अनलाइन पोर्टलले लेखेको छ । विष्फोटमा कम्तीमा ११ जना घाइते बीबीसीले लेखेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी भएकाले हताहतीको संख्या बढ्न सक्छ । विस्फोटको समय खिचिएका भिडियोहरू अहिले टर्किस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेका छन् ।
अग्नि नियन्त्रक तथा चिकित्सक टोली विस्फोटको केही समयपछि नै घटनास्थल पुगेका थिए । सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमा पनि घटनास्थलमा एम्बुलेन्स, दमकल र प्रहरी देखिन्छ । प्रहरीले विस्फोट भएको क्षेत्र वरपरको भागमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
इस्तानबुल सहरका गभर्नर अली येर्लिकायाले ट्वीटरमा लेखेका अनुसार स्थानीय समयअनुसार साँझ १६ः२० (१३ः२० जीएमटी) बजे सहरको इस्तिकलाल स्ट्रिटमा विस्फोट भएको थियो । सोही ट्वीटमा येर्लिकायाले थप विवरणहरू नदिई घटनामा ‘हताहत’ भएको लेखेका छन् ।
विस्फोटको कारण तत्काल खुल्न सकेको छैन । प्रहरी टोलीले विष्फोट भएको क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ र घटनास्थल वरपरको पसल र बाटो बन्द गरेर अनुसन्धान गरिरहेको छ । –टीआरटी वर्ल्डबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सम्हाल्न असफल अर्थमन्त्री
-
१४ विधामा आईसीटी अवार्ड घोषणा, सुरेशराज शर्मादेखि आईएमईपेसम्म उत्कृष्ट
-
बाजुरा भूकम्प अपडेट : मानवीय क्षति शून्य, भौतिक क्षतिको विवरण सङ्कलन हुँदै
-
ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ : प्रधानमन्त्री ओली
-
कोशी प्रदेशमा हल्का वर्षा, अन्यत्रको मौसम कस्तो रहला ?
-
बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प