अफगान सेनाद्वारा छ जना आईएस लडाकु पक्राउ
आइतबार, २७ कात्तिक २०७९, २० : १४
अफगान सेनाले पूर्वी नान्गाहार प्रान्तमा द्वन्द्वरत इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध छ जना लडाकुलाई पक्राउ गरेको रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा बताइएको छ। 'गोप्य सूचनाको आधारमा खालिद बिन वालिद कोर्प्सका कर्मचारीहरूले नान्गाहार प्रान्तको खावरेजको गोप्य ठाउँमा छापा मारी छ जना लडाकुहरूलाई गिरफ्तार गरेको' विज्ञप्तिमा जनाइएको छ ।
पक्राउ परेका आतङ्ककारीहरूको लुकेर बसेको ठाउँबाट एके-४७ असल्ट राइफलसहित थुप्रै हतियार र गोलाबारुदहरू पनि फेला परेको बताइएको छ । तालिबानद्वारा सञ्चालित कार्यवाहक प्रशासनले अफगानिस्तानमा आईएस समूहको कथित उपस्थितिलाई गम्भीर खतराको रूपमा अस्वीकार गरेको छ यद्यपि सुरक्षा बल कडा निगरानी राख्दै प्रतिकारमा चनाखो देखिएको छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार