देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको कुरा : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान रोहित कुमार पौड्यलले देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताएका छन् । रोहितलाई नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार नयाँ कप्तानको जिम्मेवारी दिएको थियो ।
रोहितले राष्ट्रिय टोलीको कप्तान नियुक्त भएपछि धेरै गर्व र खुसी लागेको बताए । ‘देशको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि सधैं गौरवको कुरा हो । राष्ट्रिय टोलीको कप्तान नियुक्त भएपछि धेरै गर्व र खुशीलागेको छ । माया र साथ दिनुहुने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ रोहितले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
राष्ट्रिय टोलीका नियमित कप्तान सन्दीप लामिछानेलाई बलात्कार आरोप लागेकै दिन क्यानले बर्खास्त गरेको थियो । त्यसपछि रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो । रोहितले आफूलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा क्यानलाई पनि धन्यवाद व्यक्त गरेका छन् । उनले आफूले पाएको जिम्मेवारी पूर्णरुपमा समर्पणका साथ पालना गर्ने बताए ।
‘मलाई विश्वास गरी यो अवसर प्रदान गरेकोमा नेपाल क्रिकेट संघ क्यानलाई विशेष धन्यवाद । यो जिम्मेवारीलाई पूर्ण समर्पणका साथ लिन म कुनै कसर छोड्ने छैन । उत्कृष्ट टोलीका साथ हातेमालो गर्दै नेपाली टोलीलाई सफल बनाउन हामी कुनै कुरामा चुक्ने छैनौं,’ रोहितले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण