बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल

आइतबार, २७ कात्तिक २०७९, १८ : ४५
आइतबार, २७ कात्तिक २०७९

नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन् । अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने उनले बताए ।

आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलो कार्यक्रमअन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार पौडेलले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकतालाई एकीकृत गरी योजनाबद्ध विकास गरिने बताए । 

उनले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपानी, विद्युत तथा शिक्षा स्वास्थ्यलगायतका सबै कार्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनले बताए । 

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमुनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए ।  एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गरे । 

यसैगरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नेकपा एमालेले आश्वासन हैन ग्यारेण्टीका कुरा गर्ने बताए । दलहरुले आफ्ना चुनावी घोषणापत्रमा आश्वासन मात्रै बाढेर नहुने बताउँदै उनले ती योजनाहरु पूरा गर्न सक्छौँ भनि जनतासामू ग्यारेन्टि गर्नुपर्ने उल्लेख गरे । ‘अब आश्वासन होइन, हामी ग्यारेन्टीका कुरा गर्छौ, सोही अनुसार एमालेको घोषणापत्रमा २० ग्यारेन्टी समेटिएका छन्,’ श्रेष्ठले भने, 'नेकपा एमालेले जनतासँग गरेका ग्यारेन्टि पूरा गर्न प्रतिवद्ध छ ।' आगामी मंसिर ४ को निर्वाचनमा ढुक्क भएर सूर्यमा मतदान गर्न आग्रह गर्दै उनले मुलुकको सम्बृद्धिका लागि एमाले मात्रै सक्षम दल भएको दाबी गरे ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप