इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नोभेम्बर १ मा भएको निर्वाचनपछि आइतबार नयाँ सरकार गठनका लागि अनुमति प्रदान गरेका छन् । राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई जेरुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताएका थिए ।
हर्जोगले भने– ‘पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको छ र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिनुपर्छ ।’ हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताए ।
इजरायलका उदारवादी नेता नेतन्याहुले आफुमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आएका छन् । हर्जोगले भने– “जेरुसेलम जिल्ला अदालतमा नेतन्याहूविरुद्ध कानुनी कारबाही चलिरहेको छ भन्ने तथ्यबाट म बेखबर छैन र म यसलाई तुच्छ मान्दिनँ ।”
तर उनले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संकटमा ‘खतरों का खिलाडी’ र ‘बिग बोस १९’, प्रड्यूसरले छाडे साथ
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल