शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

आइतबार, २७ कात्तिक २०७९, १७ : २९
आइतबार, २७ कात्तिक २०७९

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेको छ । गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
 नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी दर्ता गराएका थिए । 

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशासनको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकाले उजुरी दिनुपरेको बताए । 

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिता उल्लंघन गरेको उजुरी आफूले प्राप्त गरेको बताए । 

उनले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप