इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेल । उनले ५२ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा