बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, २७ कात्तिक २०७९, १६ : ५६
आइतबार, २७ कात्तिक २०७९

पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप