बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘दुनियाँले चकित हुनेगरी एमालेले बहुमत ल्याउनुपर्छ’

यो सरकार म्यादी जस्तो भइसक्यो
आइतबार, २७ कात्तिक २०७९, ०८ : ००
आइतबार, २७ कात्तिक २०७९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुनियाँलाई चकित पार्ने गरि एमालेले बहुमत ल्याउने बताए । त्यसपछि एमालेकै सरकार बनाउने उनको दाबी छ । आइतबार वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेले ‘ट्वान्टी ग्यारेन्टी’ भन्ने चुनावी घोषणापत्रमै ल्याएको उनले बताए । ‘त्यो भनेको देश बनाउने र समृद्धि ल्याउने ग्यारेन्टी हो,’ओलीले भने,‘ यो सरकार म्यादी जस्तो हो म्याद सकियो ।’ 

४० मिनेट बोलेका ओलीले अधिकांश समय माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाको विरोध गर्नमै खर्च गरे । यतिमात्र होइन ओलीले यो देशमा जति विकास भएको छ त्यो एमालेले मात्रै गरेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप