चौधरी ग्रुपले सुरु गर्यो नानो युरियाको बिक्री

प्रख्यात व्यावसायिक घरना चौधरी ग्रुपले रासायनिक मल नानोको बिक्री वितरण सुरु गरेको छ । इन्डियन फार्मर फर्टिलाइजर कोअप्रेटिभ लिमिटेड, इन्डियाको उत्पादन नानो युरियालाई चौधरी ग्रुप अन्तर्गतको सिजी एग्रोले भित्र्याएको हो ।
आइतबार ललितपुरमा एक समारोहको आयोजना गर्दै कम्पनीले नानो युरिया भित्र्याएको घोषणा गरेको हो । नानो युरिया झोल ९लिक्युड० मल हो । नानो प्रविधि नानो स्तरमा परमाणु र अणुहरु हेरफेर गरेर संरचना, उपकरण र प्रणाली डिजाइन, उत्पादन गर्न समर्पित विज्ञान रहेको कम्पनीको भनाइ छ । नानो प्रविधिबाट निर्मित मलले परमपरागत रासायनिक मलको मात्र घटाउने कम्पनीको दाबी छ ।
रसायनिक युरियाको तुलनामा आधा माग घटाउने नानो युरिया ५० किलो ९एक बोरा० बराबर ५०० मिलिमिटर हुने कम्पनीको भनाइ छ । नानो युरिया वातावरणमैत्री हुनुका साथसाथै परम्परागत युरिया भन्दा सस्तो समेत रहेको कम्पनीको दाबी छ ।
यस्तै मलले स्वास्थ वातावरण, माटोको गुणस्तरका कुनै नकारात्मक प्रभाव नपार्ने तर बालिकाको उत्पादनमा वृद्धि ल्याउने कम्पनीको दाबी छ । १ लिटर सफा पानीमा २ देखि ४ मिलिमिटर नानो युरिया झोल मल मिसाएर बालिको पातमा छर्कन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयनमा आयोगले प्रमुख भूमिका निभाउनेछ : डा.अधिकारी
-
स्रोत, साधन र कृषकसँग जोडिने विषय यो बजेटमा कतै पनि देखिएन : जनार्दन शर्मा
-
‘हाम्रो समाजको उपल्लो स्थानमा भएकाहरू अति मूर्ख छन्, ती पढ्नमा विश्वास गर्दैनन्’
-
फेवातालको सिमाना छुट्ट्याउन सुरु, मुख्यमन्त्रीले गाडे पोल
-
शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेस प्रदेशमै उत्कृष्ट
-
बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको छ : विनोद चौधरी