कविता : भोट नपाउन्जेल नेता
आइतबार, २७ कात्तिक २०७९, १६ : ०६
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ
भोट पाएपछि
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउछौ ?
खानेपानी धारा कुरी
घैलामै ओसार्नुपर्ने हुन्छ
खाल्डा खुल्डीमा पानी
उछिट्याउदै सडक रून्छ
खै आयो, कहाँ गयो
तिम्रो खानेपानी
जतिचोटि भोट हालेपनि
बुझेनौ नेताको बानी
अस्पतालको बेहाल छ
जब तिम्रो घाउ चह्र्याउँछ
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।
खै गुणस्तरीय शिक्षा
उच्च शिक्षा पढ्न विदेशै जानुपर्ने
थन्क्यो सुक्यो उद्योगधन्धा
पेट भर्न विदेशै जानुपर्ने
खै के भो त्यो रोजगारी
न त कृषिकै भर छ
मल पनि नदिने नेतालाई
किन भोट दिनु पर्छ ?
आफ्नैमात्र विकास गरी
पाँच पाँच वर्षमा आउँछ
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।
भोट पाएपछि
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउँछौ ?
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छन्: अर्थमन्त्री
-
रोमान्टिक फिल्म खेल्न चाहन्छन् ‘एनिमल’का भिलेन
-
घुसकाण्डमा दोषी ठहर गोल्डमेडलिष्ट उपसचिव विरुद्धमा अख्तियार पुग्यो सर्वोच्च
-
३ लाख घुससहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध मुद्दा दायर
-
‘न्यानो वसन्त महोत्सव : चीनको तिब्बतका बारेमा कुरा गर्दै’ कार्यक्रम सम्पन्न
-
दुई पटक सरेर माओवादी केन्द्रको बैठक स्थगित