बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पासो ट्रेलर : बक्समा किन थुनिइन् रिस्ता ?

आइतबार, २७ कात्तिक २०७९, १५ : २१
आइतबार, २७ कात्तिक २०७९

मंसिरको १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाउन खोजिएको छ ।  अपहरणमा परेपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा फिल्म बनेको हो । फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका छ । फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पुनको रहेको छ । 

भगवान भुजेलले निर्माण गरेको फिल्ममा राजकुमार राउत कार्यकारी निर्मातामा छन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रिस्ता र सुनिशाको अलवा रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सूर्य दयालुको संगीत,उत्तम हुमागाँइको छायांकन रहेको फिल्ममा सुरेश बस्यालको कोरियोग्राफी,भूपेन्द्र अधिकारीको सम्पादन छ ।

फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको हो । कार्यक्रममा फिल्मका कलाकारले छायांकन समयको अनुभव सुनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप