मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘यातायात प्राधिकरणको स्थापनापछि काठमाडौं उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण हुन्छ’

आइतबार, २७ कात्तिक २०७९, १४ : ५१
आइतबार, २७ कात्तिक २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन् । 

सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुनेगरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गरे । मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप