शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राण्डीका डाक्टरद्वारा श्रीमतीमाथि यातना, मधेसी आयोगद्वारा प्रहरीलाई पत्राचार

आइतबार, २७ कात्तिक २०७९, १३ : ००
आइतबार, २७ कात्तिक २०७९

राजधानीको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो श्रीमतीलाई चरम यातना दिएको सार्वजनिक भएको छ । डाक्टर पंकच चौधरीले आफ्नी श्रीमती नेहामाथि यातना दिएको सार्वजनिक भएसँगै मधेसी आयोगले घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । 

महोत्तरीको औरही निवासी पी नेहा चौधरीको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई तुरुन्त कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेसी आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  आयोगका अध्यक्ष डा विजयकुमार दत्तले तराई मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा सोसँग सम्बन्धित विभिन्न उजुरीहरु आउने गरेको बताए । 

सो समस्याहरूप्रति आयोग गम्भीर रहेको उनको भनाइ छ । अध्यक्ष डा.दत्तले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याहरूले समाजमा कयौं चेलीबेटीहरू यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेको समेत बताए । 
करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा पंकज चौधरीसँग विवाह भएको थियो । नेहा चौधरीलाई दाइजोको नाममा श्रीमान र उनको परिवारले शारीरिक तथा मानसिक यातना दिएको उजुरी आयोगमा परेको छ ।  उसो त नेहाले सो घटना सामाजिक संजालमा पनि सार्वजनिक गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप