बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

आइतबार, २७ कात्तिक २०७९, १२ : ५४
आइतबार, २७ कात्तिक २०७९

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ । 

भक्तपुरको भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा।७ च ०८१५ नम्बरको कारले प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार शनिबार बेलुकी  ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धादिङको ज्वालामुखी गाउँपालिका–४ टारीस्थित सडकमा ग.१ ज. ५५८० नम्बरको बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ । 

उपचार पश्चात् डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप