बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथली नजिक मोटरसाइकलको ठक्‍करबाट पैदलयात्रीको मृत्यु

आइतबार, २७ कात्तिक २०७९, १२ : १६
आइतबार, २७ कात्तिक २०७९

काठमाडौंको थापाथली नजिक आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुने पैदलयात्रीमा बाराको बरियापुरका ४४ वर्षीय रामबाबु कुसुवा रहेका छन् । उनको उपचारको क्रममा महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा बिहान  ६: १५ बजे मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बाग्लुङ घर भई भक्तपुर बस्ने ३० वर्षीय विज्ञान कँडेलको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ । 

आज बिहान साढे ५ बजे कुसुवालाई ठक्‍कर दिएर त्रिपुरेश्वरबाट थापाथलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०१९ प ३१९५ नम्बरको मोटरसाइकल पल्टिएको थियो । 

मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप