बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्लामा निर्वाचनका लागि खटिए ८ सय ४८ कर्मचारी

आइतबार, २७ कात्तिक २०७९, ११ : ३१
आइतबार, २७ कात्तिक २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि जुम्लामा ८ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका जुम्लाका अनुसार जिल्लाका १ सय ८ मतदान केन्द्रमा ती कर्मचारी खटाइएको हो । 

मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमका अनुसार १ सय ८ जना मतदान अधिकृत र १ सय ८ जना सहायक मतदान अधिकृतसहितका कर्मचारी खटाइएको हो ।  उनले ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७ सय ९२ जना खटाइएको जानकारी दिए । यस्तै ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको उनको भनाइ छ । 

कार्यालयका अनुसार २ सय ५१ भन्दा तल मतदाता भएको स्थानमा ७ जना र २ सय ५१ भन्दा माथि मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको हो । कर्मचारीलाई तालिमसहित आवश्यक सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा पठाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप