नेपालले पहिलोपटक विश्वकपको आयोजना गर्ने
आइतबार, २७ कात्तिक २०७९, ११ : २९
नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।
बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको छ । मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण