राजनीति होइन जनताको सेवा गर्न आउँछ : क्षेत्री
काभ्रे क्षेत्र नं २ (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका ताराबहादुर कुँवर क्षेत्रीले आफूलाई राजनीति होइन जनताको सेवा गर्न आउने बताएका छन् । लौरो अभियानबाट स्वतन्त्र उम्मेदवार बनेर जनताको सेवा गर्न आफू प्रतिस्पर्धामा उत्रिएको बताएका उनले राजनीतिक दलका व्यवहारबाट जनता मारमा परेको आरोप लगाए ।
जनताका शिक्षा, स्वास्थ्यसहित आधारभूत आवश्यकता पूरा गराउन र आफ्नो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रदेशसभामा जान उम्मेदवारी दिएको उनको भनाइ छ ।
बागमती सफाइ अभियानदेखि अन्य सामाजिक क्षेत्रमा आफू क्रियाशील भए पनि राजनीतिको क्षेत्रबाट जनतामा गर्नुपर्ने सेवा र उपलब्ध गराउनुपर्ने सुविधाका लागि आफू उम्मेदवार बनेका बताएका उनले यसका लागि आवश्यक कानुन निर्माण गर्न प्रदेशसभामा जान चाहेकाले मत दिन आमजनतासँग माग गरे ।
राजनीतिक दलका नेताले राजनीतिलाई व्यवसाय बनाउँदा जनता महंगीसहितको मारमा परेको भन्दै उनले जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताए । ‘मलाई राजनीतिक गर्न आउँदैन, तर जनताको सेवा गर्न र सुविधा उपलब्ध गराउन आउँछ,’ उनले भने, ‘यसका लागि आवश्यक कानुन बनाउन प्रदेशसभामा जान लागेको छु । यसमा जनताको साथ चाहिन्छ । मलाई मत दिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’
देशभर एकैपटक आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब
-
रविको ‘भाइरल तस्बिर’ बारे छानबिन गर्न समिति गठन
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग