‘महापुरूष’ हेर्न पच्चीस वर्षपछि फिल्म हल पुगे कुलमान

नेपालमा लोडसेडिङको अन्त्य गर्न सफल नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रदर्शनरत फिल्म ‘महापुरुष’ हेरेका छन् । उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चाबहिलमा रहेको एफएक्युब सिनेमाजमा शनिबार साँझ फिल्म हेरेका हुन् । मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताए ।
साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले आफूलाई मनपर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए । ‘हलमा फिल्म हेरिरहँदा उठान गरेको विषयले छोयो । सरल प्रस्तुति तर गम्भीर विषय’, निर्देशक घिसिङले भने, ‘हलमा खर्चेको समय र पैसाको सदुपयोग भयो । मन भित्रको अन्धकारलाई हटाउँदै खुसी हुनुपर्छ ।’ उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रशंसा गरे । ‘पच्चीस वर्षपछि म फिल्म हलमा आएको हो’ उनले भने ।
निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीले अँध्यारोमा गुम्सिएको आमाबुबालाई उज्यालो दिने प्रयास गरेका हौँ । आज उज्यालोको देउतालाई दर्शकको रुपमा पाउँदा सफल भएका छौँ’ निर्देशक भट्टराईले भने ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रविन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतको अभिनय छ । एक्लोपनको कथा देखाइएको फिल्म षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध