बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘हिजो आजका कुरा’ को प्रदर्शन अमेरिकामा

आइतबार, २७ कात्तिक २०७९, १० : ५६
आइतबार, २७ कात्तिक २०७९

वरिष्ठ अभिनेता सन्तोष पन्तको निर्माण रहेको फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन सुरु गरेको छ । फिल्म आइतबार (१३ नोभेम्बर) बाट अमेरिकाको फेयर फ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुँदैछ । फिल्मका निर्देशक साकार पन्त हुन् ।

निर्देशक पन्तका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा फिल्म प्रदर्शन हुनेछ, भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुनेछ । अमेरिकासँगै फिल्म २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रिमियर हुँदैछ । त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ । 
‘विदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ,’ निर्देशक साकारले भने ‘अमेरिका, अष्ट्रेलिया झै क्यानडा, युरोप, जापानलगायत बिश्वका थुप्रै देशबाट फिल्मको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौ ।’

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दीब्यदेव, रीमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रीहान केसी लगायतले अभिनय छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप