शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किष्ट शिक्षण अस्पतालद्वारा ५१ जना बिरामीमा मिर्गौला प्रत्यारोपण

आइतबार, २७ कात्तिक २०७९, १० : ३१
आइतबार, २७ कात्तिक २०७९

ललितपुरको किष्ट शिक्षण अस्पतालमा हालसम्म ५१ जना बिरामीहरूमा सफलतापूवर्क मिर्गौला प्रत्यारोपण गरिएको छ । अस्पतालले विगत ११ वर्ष देखि मिर्गौला रोगीहरुलाई हेमोडाइलासिस सेवा प्रदान गर्दै आइरहेकोमा विगत ४ वर्षदेखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आइरहेको छ । यस्तै अस्पतालले २०७७ फागुन १८ गते मिर्गौला प्रत्यारोपण कार्यको अनुमति पाएर २०७८ वैशाख ८ गते पहिलो मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको थियो । 

त्यससता ५१ जना बिरामीहरुमा शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरिसकिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  किष्ट अस्पतालको प्रत्यारोपणमा पूर्णकालिन रुपमा फिजिसियन, सर्जन, एनेस्थेसिया, डेन्टल, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, साईकियाट्रिष्ट, चिकित्सक तथा तालिम प्राप्त नर्सिङ्ग सहितको एक टीम रहेको छ ।  प्रत्यारोपण कार्यका लागि अस्पतालले छुट्टै डेडिकेटेड अर्गान ट्रान्सप्लान्ट विभाग स्थापना गरेकोछ । जहाँ ट्रान्सप्लान्ट सर्टिफाइड नेफा्रेजोलिस्टको रुपमा डा. सन्तोष कुमार क्षेत्री कार्यरत छन् भने ट्रान्सप्लान्ट सर्टिफाइड सर्जनमा डा. नारायण प्रसाद भुसाल कार्यरत छन् ।  

मिर्गौला प्रत्यारोपण जटिल हुनुका साथै खर्चिलो पनि छ । तथापि सर्वसाधारणले यो सेवा सहज लिन सकून् भनेर किष्ट शिक्षण अस्पतालले प्रत्यारोपणसम्बन्धी विभिन्न शीर्षकहरुमा हदैसम्मको न्यूनतम शुल्क राखी प्याकेजमा सेवा दिँदै आएको छ । हाल यस अस्पतालले निर्धारण गरेको प्याकेजको खर्च रु चार लाख पचास हजारबाट शुरु हुन्छ । प्रत्यारोपण सेवा सुलभ हुनुका साथै प्रकृयालाई कसरी सहज र सरल बनाउन सकिन्छ भनेर ​ छुट्टै विभागको स्थापना गरेको पनि अस्पतालले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप