स्याउ उत्पादन बढे पनि जुम्ली किसानले पाएनन् उचित मूल्य

जुम्लामा यो वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको हो । गत आर्थिक वर्षमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।
स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित देखिन्छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्ज लगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरूको गुनासो छ। व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरू त्यो भन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको बताउँछन् ।
सिंजा गाउँपालिका ६ स्याउ व्यापारी रामबहादुर रावतले जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौंसम्म पुर्याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे । उनले प्रतिकेजी ६० मा नेपालगन्जमा स्याउ खरिद गरे पनि प्रतिकेजी ३० मा बिक्री गर्न बाध्य भएको बताए। कोहलपुरमा शीत भण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता भएको उनले बताए ।
नाम चलेको जुम्लाको स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको रावतले बताए। जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ । यो बेमौसमी बेलामा समेत स्याउले राम्रो मूल्य पाउन नसकेको र उपभोक्ताले पनि जुम्लामा उत्पादन हुने स्याउको महत्व नबुझेको सिंजा ६ का शिवराज बुढाले बताए ।
मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको बुढाको भनाइ छ । सिंजा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगन्ज पुर्याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परेको खत्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड