इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु

उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ । घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णिमामा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन् ।
इजिप्टका सञ्चार माध्यमले स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ । कमजोर सडक सञ्जाल, प्रायः पूराना र मर्मत सम्भार नगरिएका सवारी साधन ड्राइभिङ नियमहरूको उल्लङ्घनका कारण हुने सवारी दुर्घटनालाई इजिप्टमा सामान्य मानिन्छ ।
सन् २०२१ मा अरब विश्वको सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कस्तो फल ?