शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु

शनिबार, २६ कात्तिक २०७९, २३ : ००
शनिबार, २६ कात्तिक २०७९

उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ । घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णिमामा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन् ।

इजिप्टका सञ्चार माध्यमले स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।  कमजोर सडक सञ्जाल, प्रायः पूराना र मर्मत सम्भार नगरिएका सवारी साधन ड्राइभिङ नियमहरूको उल्लङ्घनका कारण हुने सवारी दुर्घटनालाई इजिप्टमा सामान्य मानिन्छ ।

सन् २०२१ मा अरब विश्वको सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप