झापा क्षेत्र नं १ मा भारी मतले जित्छु : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताएका छन् ।
मतदातासँगको भेटघाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताएका हुन् । उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।
उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए । महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे ।
क्षेत्र नं १ मा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा पूर्व कानुन मन्त्रीले अग्नि खरेलसमेत घरदैलो अभियानमा रहेका छन् । उनले ग्रामीण क्षेत्रका अधिकांश स्थानमा पुगेर जनताको समस्या बुझ्ने र एमालेले गरेका कामका बारेमा चर्चा गर्दै आफूलाई मतदान गरी विजयी गराउन अपील गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?