शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जब शिक्षकले विद्यार्थीलाई अश्लील म्यासेज पठाए...

शनिबार, २६ कात्तिक २०७९, २० : ४९
शनिबार, २६ कात्तिक २०७९

पोखरा ‘ला ग्राण्डी कलेज’का ४ जना शिक्षक दुर्व्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुर्व्यवहार गरेको घटना बाहिरिएपछि ४ जना शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल निष्कासनमा परेका हुन् । 

चार शिक्षकले वर्षैदेखि छात्रा विद्यार्थीलाई अश्लील म्यासेज गरेर माफी माग्दै गरेको भिडियो बाहिरिएको छ । भिडियोमा छात्राहरूले प्रध्यानध्यापकलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।  ‘सर भएर विद्यार्थीको छातीको साइज सोध्ने । अहिलेबाट होइन, ४ वर्ष भयो,’ भिडियोमा एक छात्रा विद्यार्थीले भनेकी छन् । ती छात्राले  तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ भन्ने गरेको गरेको सुनाइन् । शिक्षकले मेन्टल टर्चर दिएपछि कलेज छाडेको ती छात्राले सुनाइन् । 

भिडियोमा शिक्षक ज्ञानेन्द्र प्रदीप सरले अहिले जताजतै तिम्रै डिमान्ड रहेछ भन्ने गरेको ती छात्राले बेलेको सुन्न सकिन्छ । शिक्षकको यस्तो क्रियाकलापले आफूलाई मेन्टल्ली टर्चर गरेको प्रधानाध्यापकलाई सुनाएकी छन् । शिक्षकले आफ्नो गल्ती स्विकार्दै माफ मागेका छन् ।  प्रिन्सिपल किरण केसीले पनि ‘सर’ले माफी मागिसकेको पटकपटक दोहोर्‍याएको भिडियोमा देख्न सकिन्छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप