शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्विटरले आठ डलरमा ‘ब्लु टिक’ दिने सेवा अचानक किन बन्द गर्‍यो ?

शनिबार, २६ कात्तिक २०७९, २० : २२
शनिबार, २६ कात्तिक २०७९

ट्विटरले शुक्रबारदेखि आठ डलरको ‘ब्लु टिक’ सुविधामा रोक लगाएको छ । योसँगै इलोन मस्कले कम्पनी खरिद गरेपछि गरिएको परिवर्तन पहिलो पटक फिर्ता लिएको छ ।

विगतमा अकाउन्टलाई विभिन्न मापदण्डका आधारमा निःशुल्क निलो टिक दिइन्थ्यो भने मस्कको आगमनसँगै आठ डलर तिरेमा जसले पनि तिनको अकाउन्टमा निलो टिक पाउने व्यवस्था गरियो । 

कम्पनीको आय बढाउन चालिएको यो कदमले जाली अकाउन्टको बाढी ल्याएको छ । विशेषतः आठ डलर तिरेर ब्लु टिक दिने सेवा सुरु गरेपछि, कयौँ ठुला ब्रान्डको कम्पनीको वास्तविक अकाउन्टजस्तै देखिने नक्कली अकाउन्ट खोलिन थालेको छ ।  

यस्तै एउटा घटनामा, एली लिली नामको कम्पनीको फेक अकाउन्टले ‘इन्सुलिन फ्री’ लेखेको छ । पछि एली लिली कम्पनीले नक्कली अकाउन्टबाट प्रवाह भएको गलत सन्देशको लागि माफी मागेको थियो । शुक्रबारको परिवर्तनबारे ट्विटरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

चिन्ता बढेको छ

यस घटनाले ट्विटरले गलत सूचना फैलाउने घटनाहरू बढाउन सक्ने चिन्ता बढाएको छ र शुक्रबार नै कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।​ इलोन मस्कले गत महिना ४४ अर्ब डलरमा ट्विटर किनेका थिए । त्यस यता उनले ट्विटरमा कयौँ परिवर्तनका कारण अव्यवस्था फैलिएको बताइँदैछ ।

उनले ट्विटरबाट करिब ३७०० व्यक्तिलाई निकालिसकेका छन्, जुन कम्पनीको झण्डै आधा कर्मचारी बराबर हो । कम्पनी खरिद लगतै मस्कले कर्मचारीहरूलाई इमेलमा लेखेका थिए ,‘ अगाडिको बाटो कठिन छ र सफलतालाई कडा परिश्रम आवश्यक छ । राजस्व नबढाई ट्विटरलाई आर्थिक मन्दीमा बाँच्न गाह्रो हुनेछ ।’

मस्कको खरिदसँगै डिजिटल विज्ञापन घटेपछि कम्पनीको समस्या बढेको हो । कम्पनीको निर्देशनको चिन्ताकाबीच ठुला ब्रान्ड र मार्केटिङ फर्महरूले यसमा खर्च गर्न बन्द गरेका छन् ।

मस्कको अधिकरणपछि ट्वीटरमा देखिएको भद्रगोलका बीच मार्केटिङ कम्पनी एमएमए ग्लोबलका अध्यक्ष लू पसकालीले मस्कले नयाँ संचालक खटाएर आफू ट्वीटरबाट टाढा रहन सल्लाह दिएका छन् । 

‘मस्कसँग धेरै प्रतिभा होला तर ट्विटर चलाउन सक्ने क्षमता भने उनीमा देखिएन,’ मसकालीले भने ।  

नयाँ जाली खाताको चर्चाबीच इलोन मस्कले ट्विटरमा बनाइएका प्यारोडी अकाउन्टहरू बिना चेतावनी स्थायी रूपमा बन्द गरिने बताएका छन् । 

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप