सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हाम्रो नेपाली पार्टीको तर्फबाट सागर ढकाल प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव

शनिबार, २६ कात्तिक २०७९, १९ : २०
शनिबार, २६ कात्तिक २०७९

हाम्रो नेपाली पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सागर ढकाललाई अघि सार्ने निर्णय गरेको छ । डडेलधुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रतिस्पर्धी रहेका ढकाललाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्दै उनलाई विजय गराउन डडेल्धुराबासी मतदातालाई अपिलसमेत गरेको छ ।  

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा सम्पूर्ण मतदाता माझ हाम्रो नेपाली पार्टी (लौरो अभियान ले देशमा रहेका भ्रष्ट नेताहरूलाई जेल हालेर सुन्दर र समृद्ध नेपाल बनाउने मुख्य लक्ष्यका साथ देश भरका स्वतन्त्र युवा, इन्जिनियर, डाक्टर तथा अभियन्ताद्वारा लौरो चुनाव चिन्ह लिएर प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार आउनु भएको व्यहोरा सर्वविदितै छ । आगामी मङ्सिर ४ पछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ई. सागर ढकाल लाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप