मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै

बिहीबार, १५ असार २०७४, ११ : १०
बिहीबार, १५ असार २०७४

काठमाडौं– स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रमको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।


 बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य साना दलले ३ स्थानमा अग्रता कायम गरेका छन् ।


डोटीको सिलगढी नगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, उदयपुरका २ स्थानीय तहलगायतमा नेपाली कांग्रेसको अग्रता रहेको छ । 


त्यस्तै ते्रहथुमको दलालिगुरास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, झापाको कन्काइ नगरपालिका लगायतमा एमाले अगाडी छ । 


त्यस्तै राप्रपा र संघीय समाजबादीले पनि नवलपरासीका केही स्थानमा अग्रता कायम गरेका छन् ।    

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप