हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च
![हेटौँडा उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च](https://rpcdn.ratopati.com/media/albums/hetauda_sub_metropolitant_city_dvU0sJORrE.jpeg)
हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल रु दुई अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा रु दुई अर्ब २० करोड ५२ लाख खर्च भएको छ ।
गत आर्थिक वर्षमा सो पालिकाको रु एक अर्ब ३० करोड १७ लाख बजेट रहेकामा रु एक अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै पूँजीगततर्फ रु एक अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा रु एक अर्ब आठ करोड ३७ लाख खर्च भएको छ । हेटौंडा उपमहानगरपालिकाले आव २०७८/७९ मा आन्तरिकतर्फ रु २८ करोड ४२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।
विभिन्न सिफारिस दस्तुरवापत रु दुई करोड ८८ लाख र नक्सापास दस्तुरवापत रु दुई करोड ३७ लाख र व्यवसाय करवापत रु एक करोड ७९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । साथै १९ वडाबाट रु पाँच करोड ३२ लाख राजस्व सङ्कलन तथा नदीजन्य पदार्थको बिक्रीबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।
हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ । समाज कल्याण शाखाअन्तर्गत ४५.५८ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि रु एक करोड २१ लाख बजेट विनियोजन भएकामा रु ५५ लाख ३८ हजारमात्र खर्च भएको छ । नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाइने र जनताको कामलाई सरल तथा सहज बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता