ईश्वर पोखरेलप्रति प्रदीप पौडेलको आक्रोश : ‘महामारीमा जनतालाई लुट्नुभयो’

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धी पोखरेलले पटक पटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।
‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहन्छु । तपाईँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाईँले केही पनि गर्न सक्नुभएन’ पौडेलले भने । त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए । त्यसैगरी आफूहरूले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरू पूरा गर्ने समेत बताए ।
‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो’ उनले भने, ‘त्यसकारण तपाईँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरू पुरा गरेर देखाउनेछौँ ।’
त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे । स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै आएको तर आफूहरूले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए ।
‘स्वतन्त्र उम्मेदवार साथीहरूलाई म भन्न चाहन्छु । तपाइँहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो । तपाइँहरुलाई स्यालुट गर्न चाहान्छु । म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरू पार्टीमा पनि छन् ।’ उनले भने ।
निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिँजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन् । उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु