हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।
चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हँसिया हथौडा र हँसिया हथौडाले रुखमा मतदान गर्न हिच्किचाउनु नपर्ने बताए । अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुवै दल मिलेर नै गर्न सहज हुने बताए ।
“राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभूति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन”, उनले भने, “अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।”
अध्यक्ष दाहालले लामो समयदेखि बन्द रहेको पालुङटार एअरपोर्ट भिन्न रूपमा सञ्चालन गर्ने आफ्नो योजना रहेकोसमेत बताए । “चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो”, उनले भने, “निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।” उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो