कास्की ३ : उद्यमशीलता विकासमा गठबन्धनको जोड

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा ५ दलीय गठबन्धनले निर्वाचन पछि उद्यमशीलता विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिएको छ । स्थानीय रुपमा नै रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने उद्देश्यका साथ गठबन्धनले उद्यमशीलता विकासका योजना अघि सारेको हो ।
उद्यमशीलतासँगै वातावरणीय सन्तुलनका लागि हरित उद्यम कार्यक्रम सञ्चालन गर्न प्रोत्साहन गर्ने र त्यस्ता उद्यमलाई अनुदान तथा सुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा गठबन्धनले गरेको छ । साथै हावापानी अनुकूल हुने ठाउँमा चिया, अलैंची, अम्रीसो, कफी, कुरिलो, कागती लगायतका खेतीका साथै जडिबुटी उत्पादनलाई प्रोत्साहन गरिने उम्मेदवारहरूले बताएका छन् ।
लेक तथा बेंशीमा माछा पालन, पशुपालनलाई प्रोत्साहन गर्दै युवालाई उत्पादनमा आकर्षित गराउनका लागि अनुदान तथा सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने र त्यस्ता व्यवसायलाई नमुना व्यावसायिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता पनि उम्मेदवारहरूले गरेका छन् ।
यसका साथै साहसिक खेलकुदका माध्यमबाट पनि उद्यमशीलताको विकास गर्ने घोषणा गठबन्धनका उम्मेदवारको रहेको छ । विभिन्न किसिमका हवाई खेलकुद, जलक्रिडा, जंगल सफारी, पर्वतारोहण मार्फत उद्यमशीलताको सिर्जना र विकास गरिने उनीहरूले बताएका छन् ।
कास्की ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा रामजीप्रसाद बराल ‘जीवन’ र प्रदेश १ मा दुर्गादत्त भण्डारी तथा प्रदेश २ मा प्रकाश बराल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीका कारण अमेरिकामा वनमा लागेको आगो नियन्त्रण बाहिर, तीन जनाको मृत्यु
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’