दक्षिण युक्रेनका ४० सहर रुसी कब्जाबाट मुक्त गरिएको जेलेन्स्कीको दाबी

किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू रुसी कब्जाबाट मुक्त गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।
यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।
'आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,' जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने 'चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ ।' उनले ४० वटा वस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
बिहिबारबाट चौथो ग्रामीण चलचित्र महोत्सव, सहभागीलाई बाँडियो प्रमाण पत्र
-
शिक्षा उपसमिति बैठक : विद्यालय शिक्षा विधेयकका थप २ दफामा छलफल