शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

शनिबार, २६ कात्तिक २०७९, ०६ : ५३
शनिबार, २६ कात्तिक २०७९

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन् ।  १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप