आउँदो निर्वाचनमा सत्ता गठबन्धनको जीत निश्चित छ : प्रदेश सभापति यादव

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नं १ (ख) का प्रदेश उम्मेदवार समेत रहेका यादवले देश र मधेश प्रदेशसहित रौतहटमा पनि सत्ता गठबन्धनका उम्मेदवारहरु बहुमतसहित निर्वाचित हुने बताए ।
रौतहटको गढिमाई नगरपालिका वडा नं ६ सिंगारमन धर्मपुरमा शुक्रवार गठबन्धनद्धारा आयोजित चुनावी कोणसभामा यादवले सत्तारुढ गठबन्धनप्रति जनताको बिश्वास र आकर्षण बढ्दै गएकोले गठबन्धनका उम्मेदवार विजयी हुने बताए ।
गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापीरुपमा आतुर रहेकाले गठबन्धनको जीत सुनिश्चित रहेको यादवले बताए । वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरे ।
नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए । मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने उनले धारणा राखे ।
जनताको रिझान सत्ता गठबन्धनप्रति रहेकोले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहटको चारवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनले नै विजयी प्राप्त गर्नेमा यादव विश्वस्त रहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते