मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

शुक्रबार, २५ कात्तिक २०७९, २१ : ३०
शुक्रबार, २५ कात्तिक २०७९

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पौडेललाई  राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त गरेको हो । राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि बलात्कार आरोपमा मुद्दा चलिरहेका बेला क्यानले रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । 

 रोहितले नेपालका लागि २५ अन्तर्राष्ट्रिय ​ एकदिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् ।  जसमा एक शतक र पाँच अर्धशतक समेत समावेश छ ।  त्यस्तै उनले एक दिवसीय टी-२० तर्फ २१ खेल खेल्दै ३७६ रन बनाएका छन् ।  लिस्ट ‘ए' मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।

नवलपरासीका २० वर्षीय रोहितले राष्ट्रिय टीममा प्रवेशको छोटो समयमै कप्तान बन्ने अवसर पाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप