मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

खेरसन क्षेत्रबाट ३० हजारभन्दा बढी सैनिक फिर्ता

शुक्रबार, २५ कात्तिक २०७९, २१ : २२
शुक्रबार, २५ कात्तिक २०७९

रुसले खेरसन क्षेत्रमा तैनाथ गर्दै आएकामध्ये ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको छ ।  रुसले युक्रेनको दक्षिणी क्षेत्र खेरसनको क्षेत्रीय राजधानीसहितका क्षेत्रमा तैनाथ ३० हजारभन्दा बढी सैनिक फिर्ता बोलाएको शुक्रबार रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

“कुल ३० हजारभन्दा बढी रूसी सैनिक, करिब पाँच हजार थान बन्दोबस्तीका सामान र सैन्य उपकरण तथा सामग्री फिर्ता गरिएको छ,” रक्षा मन्त्रालयले भनेको छ ।  करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले दाबी गरेको भोलिपल्ट रुसले युक्रेनमा पठाएको सैनिक बलको ठूलो समूहलाई फिर्ता गर्ने बताएको छ । ‘द इकोनोमिक क्लब अफ न्युयोर्कमा आयोजित एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताएका थिए ।

यसैबीच खेरसन क्षेत्रमा आफ्नो अभियान सफल भएको भन्दै ३० हजार सैनिकलाई फिर्ता बोलाउन लागिएको रूसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार बताएका छन् । रक्षामन्त्री शोइगु र युक्रेनमा खटिएका रूसी सेनाका कमान्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि सेना फिर्ताको आदेश भएको रुसले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप