शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन सरकारले देश दुर्घटना हुनबाट बचायो : मन्त्री पौडेल

शुक्रबार, २५ कात्तिक २०७९, २० : ३३
शुक्रबार, २५ कात्तिक २०७९

शिक्षामन्त्री देवेन्द्र पौडेलले बाम लोकतान्त्रिक गठबन्धन गरेर देशलाई दुर्घटनाबाट बचाइएको बताएका छन् । “नेकपा एमाले केपी ओलीले आफ्नो स्वार्थमा संविधान मिचेर दुई तिहाइको सरकारलाई थिचोमिचो पारेर पश्चगमनको दिशा रोज्ने काम गर्नुभयो,” उनले भने, “अहिले गठबन्धनको सरकारले देश दुर्घटना हुनबाट बचाएको छ ।”

अहिले ओली फेरि राजावादी तत्वसँग मिलेर देशमा बहुदलीय व्यवस्था र जनताको बलीदानीबाट प्राप्त उपलब्धि मास्न लागेको उनले आरोप लगाए । शुक्रबार ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा आयोजित घरदैलो अभियान तथा कोण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  

उनले  बागलुङका ६ वटै सिट गठबन्धनको पक्षमा रहेको भन्दै औपचारिक नतिजाका लागि निर्वाचन मिति कुर्नुपर्ने बताए ।  कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख) तर्फ गठवन्धनका उमेद्वार दोर्ण कुमार कुवंरले जनताको समस्यामा आफू पाँच वर्षमा सारथी बनेर उभिने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप