निर्वाचन प्रचारमा गरिने फजुल खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघङ्नका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको भनाइ राखे ।
सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उनले आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनुपूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिताबमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यताअनुरूप तथ्यपरकता, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण