खेलकुदले समाजलाई एकतावद्ध बनाउँछ : राजेश हमाल
नायक राजेश हमालले खेलकुदले समाजलाई एकतावद्ध गर्न सहयोग पुग्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले खेलकुद खेलमा मात्रै सीमित नभइ समाजलाई एकतावद्ध गराउने माध्यम भएको बताए । उनले खेलकुदलाई उत्साहजनक रुपमा लिनुपर्ने र यसको प्रवर्द्धनमा जोड दिनुपर्ने आवश्यकता भएको पनि बताए । खेलकुदले राष्ट्रमा मात्रै सीमित नभइ अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने भएकाले खेलकुदलाई बुझेर विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।
उनले भने, ‘स्पोर्टिङ इभेन्ट्स खालि एउटा स्पोर्ट्समा मात्रै निर्धारित नभएर स्पोर्टिङ इभेन्ट्सले समाजलाई ऐक्यबद्धता गर्ने, युनाइट गर्ने गर्ने पनि ठूलो भुमिका खेल्ने गर्छ । स्पोर्टिङ इभेन्ट्स उत्साहजनक रुपमा कुनै एउटा शहरमा, राष्ट्रमा हुन्छ, त्यसले अन्तर्राष्ट्रिय स्तरमा पनि बेग्लै किसिमको प्रभाव पारेको हुन्छ । राष्ट्रिय स्तरमा दर्शकले दिएको माया, उत्साहहरुले विभिन्न किसिमका चुनौतीका बाबजुद पनि चाहे राजनीतिक चुनौती होस्, चाहे सामाजिक, आर्थिक चुनौती होस्, कहीँ न कहीँ राष्ट्रमा सन्तुलन छ । एउटा अर्गनाइज हिसावले चलेको छ भन्ने छवि बसाल्छ । त्यसैले खेलकुदको त्यो महत्व छ । ठूला राष्ट्रहरू अन्तर्राष्ट्रिय इभेन्टका लागि तँछाडमछाड गर्नुको अर्थ त्यही नै हो । त्यसको पछाडि आफ्नो राष्ट्रलाई अन्तर्राष्ट्रिय नक्सामा प्रभुत्वका साथ राख्ने उनीहरूको उद्देश्य हुन्छ ।’
हमालले खेलकुद र खेलाडीको मुख्य उद्देश्य भनेकै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउनु रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल