शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ

शुक्रबार, २५ कात्तिक २०७९, १७ : ४१
शुक्रबार, २५ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले आग्रह गरे । 

‘राजनीतिक रूपमा हामी अगाडि बढेका छौँ, उपाध्यक्ष श्रेष्ठले भने– ‘प्राप्त उपलब्धि रक्षा गर्नुपर्नेछ, सँगसँगै संक्रमणकालीन न्याय निरूपण पुरा गर्नुछ, त्यसका लागि पनि हामी एकीकृत हुनुपर्छ ।’ हिजोको संघर्षरत पक्ष र शान्ति प्रक्रियाको पक्षबीचको एकता अर्थपूर्ण समेत रहेको उनको भनाई छ । 

यसअघिसम्म आ–आफ्नै तरिकाले प्रतिस्पर्धा गरिएको बताउँदै उनले विकास र समृद्धि ल्याउन केन्द्रीकृत हुनुपर्ने बताए । जनताको आवश्यकता पुरा गर्न एकीकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ । तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउँदै उनले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उनको तर्क छ । साथै मन र मत एकीकृत गर्न उनले अपिल समेत गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता नारदमणि पौडेलले गठबन्धनको जित सुनिश्चित रहेको बताए । तर यतिकै रहने अवस्था भने नरहेको उनले बताए । प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सूर्य सुवेदी (पथिक), नारायण दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुसाल, नेकपा माओवादी केन्द्र माडी नगर अध्यक्ष प्रभु महत्तो लगायत उल्लेख्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप