मनिषा कोइरालाले मागिन् राप्रपालाई भोट
बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट दिन अपिल गरेकी हुन् । उनले भनिन्, ‘ढोकामा मौका आएको छ, यो मौकालाई हामीले खेर जान दिनु हुँदैन । त्यसैले म चाहन्छु, तपाईंहरुले राप्रपालाई धेरै भन्दा धेरै मत दिनुहोस् र जिताउनुहोस् ।’
उनले बीपीलाई नेपालका सबै नेताले बिर्सिसकेको भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नबिर्सिएको सुनाइन् । राप्रपाको घोषणापत्र र भ्रष्टाचार विरुद्धको भाषण आफूलाई मन परेको पनि उनले बताइन् । ‘गाउँमा नेता देखे जनताले चोर आयो भन्छन् जस्ता अभिव्यक्तिले राजेन्द्र लिङ्देन मलाई मन पर्न थाल्यो,’ उनले भनिन्, ‘मलाई असाध्यै मन पर्यो ।’
लिङदेनले भ्रष्टाचार भनेको आमाको रगत खाने जस्तो भएको भाषण आफू प्रभावित भएको पनि उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसय दुई वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि...
-
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल गर्दै सभामुख
-
नेपालकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलमको सङ्घर्ष : मेरा लागि नयाँ पद सिर्जना गरियो
-
वाग्मती सफाइ अभियानमा ६ हजार बिरुवा रोपिए
-
मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री
-
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम