आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तेस्रो सातामा ‘महापुरुष’, दुईसाताको आम्दानी ७ करोड

शुक्रबार, २५ कात्तिक २०७९, १६ : ४६
शुक्रबार, २५ कात्तिक २०७९

गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरुष’ तेस्रो सातामा प्रवेश गरेको छ । प्रदर्शनको दुई सातामा ७ करोड ग्रस कलेक्सन गर्न सफल फिल्मले तेस्रो साता पनि राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । 

प्रदर्शनको दुई सातामा यसले मल्टिप्लेक्स चेन क्युएफएक्समा समेत राम्रो शो पाएको थियो । दर्शक अनुसार आगामी दिनको शोको निर्धारण हुने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ । तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वत छौँ । फिल्म हेर्न स–परिवारनै आउने क्रम बढिरहेको छ’, निर्देशक भट्टराई भने । 

फिल्म नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडामा प्रदर्शन भइरहेको छ । फिल्म छिटै नै युरोपमा प्रदर्शन हुँदैछ । अन्य देशमा समेत तयारी छ । फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो रहेको निर्माता दीपेश खत्रीले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिका छ ।  फिल्ममा एक्लोपनको कथा देखाइएको छ षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप