शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा

शुक्रबार, २५ कात्तिक २०७९, १६ : ३१
शुक्रबार, २५ कात्तिक २०७९

पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि  ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।

नेपाली टोली :

गोलकिपर : विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने

फरवार्ड : अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनील बल, रितिक खड्का, सुजल श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप